Kathmandu Press

हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित

काठमाडौं, माघ २ : आज बिहानैदेखि लागेको हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित भएका छन्।तराई–मधेशमा हुस्सु लागेपछि आन्तरिक उडान हुन सकेको छैन। त्रिभुवन...
हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित

काठमाडौं, माघ २ : आज बिहानैदेखि लागेको हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित भएका छन्।

तराई–मधेशमा हुस्सु लागेपछि आन्तरिक उडान हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडान प्रभावित भएका छन्।

तराईका जिल्लाबाट पनि काठमाडौं उडान हुन सकेको छैनन्। निर्धारित समयमा उडान हुन सकेको छैन।

आन्तरिक उडान प्रभावित भएपनि अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम बदली भएको छ। तराईमा हुस्सु र पहाडमा कुहिरो लागेको छ। केही स्थानमा आंशिक वर्षा पनि भएको छ।

अझै तीन दिन मौसम बदली रहने विभागले जनाएको छ। केही उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ।

 

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्