धेरै ठाउँको मौसममा बदली, तराईमा बाक्लो कुहिरो
काठमाडौं, माघ २ : देशका अधिकाशं ठाउँको मौसममा बद्ली भएको छ ।दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको...
काठमाडौं, माघ २ : देशका अधिकाशं ठाउँको मौसममा बद्ली भएको छ ।
दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको हो । अझै दुई तीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्का हिमपात हुने र प्रदेश नं १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: ०८:५१ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











