भ्रष्टाचार पुष्टि भएपछि मलेसियाका पूर्व प्रधानमन्त्रीलाई १२ वर्ष जेल
काठमाडौं, माघ २ : मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकिएको छ ।अर्बौं डलरको भ्रष्टाचार...
काठमाडौं, माघ २ : मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकिएको छ ।
अर्बौं डलरको भ्रष्टाचार गरी सरकारी सम्पत्तीको दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका रजाकलाई मलेसियाको उच्च अदालतले दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकेको हो ।
पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनीमाथि सरकारी कोषबाट एक अर्ब डलर आफ्नो खातामा सारिएको आरोप लागेको थियो ।
मलेसियामा दुई वर्षअघि भएको ऐतिहासिक निर्वाचनमा मतदाताहरुले नाजिबलाई सत्ताबाट हटाएका थिए । तर नजिवले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए ।
प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












