एथ्लेटिक स्पेनिस सुपर कपको फाइनलमा
काठमाडौं, माघ २ : एथ्लेटिक बिल्वाओले स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित...
काठमाडौं, माघ २ : एथ्लेटिक बिल्वाओले स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो सँगै साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन । अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: ०७:२५ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











