भारतमा कोरोनाबाट १ लाख ५१ हजार वढीको मृत्यु

काठमाडौं, माघ २ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १८९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ९५४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख २८ हजार ३४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ६१ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:५८ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











