Kathmandu Press

श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

श्रीलंका, माघ १ : श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ। 

टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ। इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए।

श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो। श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन्। 

एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डीमल (२२) बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ। 

इङल्यान्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने (४) र कुसल मेन्डिस (०) लाई आउट गरेका थिए। 

गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो। यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन। 

यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ। दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्