आजदेखि एक बैंकको कार्ड अर्को बैंककाे एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने
काठमाडौं, माघ १ : आजदेखि एक बैंकको एटीमएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकका अनुसार आजदेखि एउटा बैंकको...
काठमाडौं, माघ १ : आजदेखि एक बैंकको एटीमएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ।
राष्ट्र बैंकका अनुसार आजदेखि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्नेछ। यसका लागि राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशन जारी गरेको थियो।
यसअघि गत चैतदेखि कुनै पनि बैंकको एटीएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो। कोरोना भाइरसको महामारीका कारण राष्ट्र बैंकले शुल्क नलाग्ने व्यवस्था गर्न लगाएको थियो।
राष्ट्र बैंकले १० महिनापछि पुनः शुल्क लाग्ने व्यवस्था गरेको हो। यससँगै महिनामा दुई पटकसम्म एउटा बैंकको कार्ड अर्को एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले आज अर्को निर्देशन जारी गर्दै २० रुपैयाँभन्दा बढी शुल्क नलिन सचेत गराएको छ। अब एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा २० रुपैयाँभन्दा बढी शुल्क लगाउन पाइनेछैन।
योसँगै राष्ट्र बैंकले मोबाइल बैंकिङ तथा एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाको शुल्क लिँदा पनि ग्राहकलाई जानकारी गराउने निर्देशन दिएको छ। यसअघि बैंकहरुले जानकारी दिने गरेका थिएन।











