Kathmandu Press

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारको प्रहार : प्रचण्ड-नेपाल

काठमाडौं, माघ १ : नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जनताको बलिदानी र संघर्षबाट प्राप्त अधिकारमाथि सरकारले प्रहार...
जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारको प्रहार : प्रचण्ड-नेपाल

काठमाडौं, माघ १ :नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारले प्रहार गरेको बताएका छन्।

आज एक संयुक्त विज्ञप्ति जारी गरि नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्ति गरेका छन्।

उनीहरुले भनेका छन्, 'थारु, मगर, छन्त्याललगायतका समुदायले आफ्नो मौलिकताअनुसार, माघी, माघे संक्रान्ति र माघेसकरातीको स्वदेश तथा विदेशमा रहेनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।'

आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचले नै सामाजिक र राजनीतिक परिवर्तन आएको जनाएका छन्।

उनीहरुले भनेका छन्, 'नेपाली जनताको आपसी एकताबाट प्राप्त भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्नत सम्भव भएको हो। तर, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ।'

यसका विरुद्ध एकजुट भएर लड्न माघ संक्रान्तिले हौसला प्रदान गर्ने उनीहरुले बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएरु अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजातीलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं।

प्रकाशित मिति: १०:२० बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्