प्रिमियर लिगको शीर्ष तीनमा म्यानचेस्टर सिटी
काठमाडौं, माघ १ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले...
काठमाडौं, माघ १ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष तीनमा उक्लिएको हो । सिटीका लागि पहिलो हाफको अन्तिम समयमा ४४ औँ मिनेटमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो ।
जितसँगै सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७औँ स्थानमा छ ।
प्रकाशित मिति: ०८:५४ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











