कोरोनाबाट हालसम्मकै सर्वाधिक धेरै संक्रमितको मृत्यु
काठमाडौं, माघ १ : विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्मकै सर्वाधिक धेरै संक्रमितको मृत्यु भएको छ ।बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २८८...
काठमाडौं, माघ १ : विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्मकै सर्वाधिक धेरै संक्रमितको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २८८ संक्रमितको मृत्यु भएको वल्र्डोमिर्टसले जनाएको छ । यो विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउने कुल संख्या १९ लाख ८५ हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् । अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् ।
प्रकाशित मिति: ०८:५० बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












