सुपर कपको उपाधि पीएसजीले जित्यो
काठमाडौं, माघ १ : ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हात पारेको छ ।बुधबार राति भएको फाइनलमा...
काठमाडौं, माघ १ : ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हात पारेको छ ।
बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि हात पारेको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे ।
मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । यससँगै पीएसजीले १० औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।
प्रकाशित मिति: ०८:४२ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











