Kathmandu Press

प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर निर्वाचन स्विकारे पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल    

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कानुनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताएका हुन् ।     
प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर निर्वाचन स्विकारे पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल    

झापा–  उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कानुनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताएका हुन् ।
     
उनले आरोपपत्र फिर्तासँगै दाहाल–नेपाल समूहले सरकारले वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई स्विकारेर आएमा एकता हुनेमा दुई मत नरहेको बताए । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे । 
उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिह्नबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भने, ‘प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह पनि आधिकारिक पार्टीको हुन्छ, तपाईंहरुले धेरै चिन्ता लिनुपर्दैन ।’     
     
उनले दाहाल–नेपाल समूहले हास्यास्पद मुद्दा झिकेर पार्टीमा लफडा गरेकै कारण संसद् विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आरोप लगाए । निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा दाहाल–नेपाल समूहले जनतासँग डराएर चुनाव रोक्न दबाब दिएको उनको भनाइ छ ।     

   
 

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्