अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पको युट्युब च्यानल एक साताका लागि बन्द
ट्रम्पको युट्युब च्यानलमा अपलोड भिडियोले अमेरिकामा हिंसात्मक गतिविधि बढाउने भन्दै कम्तीमा एक साताका लागि उनको युट्युब च्यानल बन्द गरेको हो ।
काठमाडौं– युट्युबले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पको युट्युब च्यानल बन्द गरेको छ । ट्रम्पको युट्युब च्यानलमा अपलोड भिडियोले अमेरिकामा हिंसात्मक गतिविधि बढाउने भन्दै कम्तीमा एक साताका लागि उनको युट्युब च्यानल बन्द गरेको हो ।
‘ट्रम्पको च्यानलमा अपलोड एउटा भिडियोले हिंसालाई उक्साएको थियो,’ युट्युबले भनेको छ, ‘त्यो भिडियो अब हटाइएको छ।’
यसअघि ट्रम्पका समर्थकले अमेरिकामा हिंसा बढाउने आशंका गर्दै उनको फेसबुक र ट्वीटर अकाउन्ट बन्द गरिएको थियो ।
प्रकाशित मिति: १३:२२ बजे, बुधबार, पुस २९, २०७७
थप समाचार






