Kathmandu Press

अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

डोटी, पुस २९ : शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर...
अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

डोटी, पुस २९ : शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। 

मृत्यु हुनेमा शिखर– ३ का ५३ वर्षीय पदम जोरा रहेका छन्।

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए।

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ। अटोमा  सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्