Kathmandu Press

प्रतिनिधिसभा विघटनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं, पुस २९ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु गरेको छ। इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल...
प्रतिनिधिसभा विघटनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं, पुस २९ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु गरेको छ। 
इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

न्यायाधीश मल्ल आज थपिएकी हुन्। गत बुधबारको सुनुवाइमा कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेपछि आज न्यायाधीश मल्ल थपिएकी हुन्।

सुनुवाइका लागि सर्वोच्चले आज बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास पुनर्गठन गरेको थियो।

अहिले गत मंगलबार ११ जना निवेदकले दर्ता गराएको बृहत इजलासमा लैजानु पर्ने निवेदनमाथि छलफल भइरहेको छ। 

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्