कोरोनाविरुद्धको खोप खरिदको लागि दाता गुहार्दै सरकार
काठमाडौं, पुस २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको छ। कोरोनाविरुद्धको खोप...
काठमाडौं, पुस २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको छ।
कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन आग्रह गरेको हो।
मन्त्रालयले रकम संकलनको लागि टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरेको छ।
प्रकाशित मिति: १२:२६ बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











