Kathmandu Press

कमलपोखरी निर्माण कार्य रोक्न मेयर शाक्यलाई नेता थापाको आग्रह

काठमाडौं, पुस २९ : नेपाली का‌ंग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य रोक्न महानगरपालिकालाई आग्रह गरेका छन्। पोखरीको प्राकृतिक सिमसारको स्वरुप परिवर्तन गरेर...
कमलपोखरी निर्माण कार्य रोक्न मेयर शाक्यलाई नेता थापाको आग्रह

काठमाडौं, पुस २९ : नेपाली का‌ंग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य रोक्न महानगरपालिकालाई आग्रह गरेका छन्। पोखरीको प्राकृतिक सिमसारको स्वरुप परिवर्तन गरेर पोखरी निमार्ण भइरहेको भन्दै नेता थापाले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका हुन्।

पोखरीको निर्माण कार्य २०७६ सालदेखि सुरु भएको हो। पोखरीको चारैतिर कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण पक्षको योजनालाई सम्पदा संरक्षण अभियन्ता र स्थानीयले लामो समयदेखि विरोध गर्दै आएका छन्। 

पोखरी निर्माणको लागि ६ करोड ३६ लाखको ठेक्का धनञ्जय–कँडेल जेभीले पाएको छ। 

नेता थापा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन्।

प्रकाशित मिति: १२:२० बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्