आज नेकपा प्रचण्ड-नेपाल समूहको काठमाडौंमा भेला
काठमाडौं, पुस २९ : संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज दिउँसो काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्न लागेको छ।आज दिउँसो...
काठमाडौं, पुस २९ : संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज दिउँसो काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्न लागेको छ।
आज दिउँसो साढे १२ बजे काठमाडौंको प्रज्ञा भवनमा भेला आयोजना गर्न लागिएको छ। भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।
मंगलबार गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला गरेको नेकपाले आज बागमती प्रदेश स्तरीय भेला आयोजना गरेको हो। यसपछि प्रदेश २ स्तरीय भेला आयोजना गरिने जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएपछि नेकपाको प्रचण्ड नेपाल समूहले भेला र आमसभा आयोजना गर्दै आएको छ। संसद् विघटनविरुद्धको दोस्रो चरणको कार्यक्रमअन्तर्गत भेला तथा आमसभा भइरहेको नेकपाले जनाएको छ।
प्रकाशित मिति: ११:४६ बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











