Kathmandu Press

बाघको छालासहित काठमाडौंमा एक जना पक्राउ

काठमाडौं, पुस २९ : बाघको छालासहित काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बाघको छालासहित मनमैजु बस्ने बृशराज घलेलाई पक्राउ...
बाघको छालासहित काठमाडौंमा एक जना पक्राउ

काठमाडौं, पुस २९ : बाघको छालासहित काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बाघको छालासहित मनमैजु बस्ने बृशराज घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनको डेराबाट ६ फिट दुई इन्च लम्बाई र एक फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ। थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: १०:५८ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्