Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो 

बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो 

काठमाडौं, पुस २९ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो ।

अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ । अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ ।

उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् । 

प्रकाशित मिति: ०८:२५ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्