Kathmandu Press

समयमै मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको...
समयमै मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारबाही गरिएको हो ।     

कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरिदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारबाही गरिएको हो ।     

२५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरिदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीकोे गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थियो तर थपिएको अवधिमा समेत मल खरिदको प्रक्रिया शुरु नगरेपछि कारबाही गरिएको उनले जानकारी दिए

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरीद गर्न गत साउन १८ गते दुवै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १०७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरिद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले धरौटी राखेको रु नौ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो ।      

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्