Kathmandu Press

‘कांग्रेस संसद् विघटन सदर भए निर्वाचनमा, बदर भए संसदमा जान्छ’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्चबाट प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा हुने जुनसुकै फैसला स्विकार्न कांग्रेस तयार रहेको बताएका छन् ।
‘कांग्रेस संसद् विघटन सदर भए निर्वाचनमा, बदर भए संसदमा जान्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्चबाट प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा हुने जुनसुकै फैसला स्विकार्न कांग्रेस तयार रहेको बताएका छन् । देउवाले कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै कांग्रेस सर्वोच्चको जस्तोसुकै फैसला स्विकार्न तयार रहेको बताएका हुन् ।

उनले लोकतान्त्रिक पद्धतिमा सडक आन्दोलनबाट  अदालतलाई दबाब दिन नहुनेसमेत बताए । उनले भने, ‘कांग्रेस अदालतको निर्णय कुर्छ र  स्विकार्छ । अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे कांग्रेस निर्वाचनमा सहभागी हुन्छ, बदर गरे स‌सदमा जान तयार छौं ।’

देउवाले अदालतमा विचाराधीन मुद्दाका विषयमा तर्क वितर्क गर्नु अनावश्यक भएको बताएका छन् । उनले भने, ‘जे  गर्छ, अदालतले गर्छ । अदालतलाई स्वतन्त्र छाडिदिनुपर्छ । अदालतले संविधान तथा कानुनअनुसार विचाराधीन मुद्दाको टुंगो लगाउँछ ।’ 

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्