Kathmandu Press

२ सय कामदारको ज्याला  खानेपानी समितिका अध्यक्षको पोल्टामा 

खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । 
२ सय कामदारको ज्याला  खानेपानी समितिका अध्यक्षको पोल्टामा 

खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । 

हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याडामा खाने पानी आयोजना निर्माणका लागि विनियोजन भएको रकम दुरुपयोग भएको पाइएको हो । स्याडा गाउँका करिब २०० स्थानीयले मजदुरी गरी कमाएको रकम उपभोक्ता समितिका अध्यक्षले आफ्नो व्यक्तिगत काममा खर्च गरेको देखिएको छ ।     

Hardik ivf

२०७७ साउनदेखि होपा खाने पानीको काम शुरुआत गरेको पाँच महिना बितिसक्दा पनि कामदारलाई ज्याला नदिएको स्थानीय कामदारको गुनासो छ । समितिका अध्यक्षले स्याडा गाउँका १०० कामदारलाई ज्याला दिएको र अन्यलाई हालसम्म नदिएको स्याडा गाउँका स्थानीय लक्ष्य बुढाले गुनासो गरे । गत साउनदेखि काम शुरु गरी भदौमा काम सम्पन्न भएको तर मजदुरी गरेको ज्याला नदिएको बुढाले बताए । 

बुढाका अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खानेपानीका लागि  ६५ लाख छुट्याइएको थियो । उक्त रकममार्फत गाउँमा ११ वटा खाने पानीका नयाँ धारा बनाउने भनियो तर खाने पानी उपभोक्त समितिको लापरवाहीका कारण जम्मा नौवटा धारा मात्रै निर्माण गरिएको छ । गाउँमा नौवटा धारा निर्माण गरिएको नाम मात्रै भयो, धारा बनाइयो तर पानी हालसम्म पनि झरेन यो समस्या जस्ताको तस्तै छ ।     
     
उनले भने, ‘खानेपानीको काम गरेमा पैसा पनि पाइने, पानीको पनि सुविधा हुने भन्ने आशै आशमा काम गरियो । न पानी पिउन पाइयो न त ज्याला नै पाइयो ।’ बुढाको जस्तै यहाँका स्थानीयको गुनासो पनि उस्तै छ । उनीहरुका अनुसार धारामा पानी नझरेपछि पुरानै समस्या झेल्नुपर्ने बाध्यता छ । उपभोक्ता समितिका अध्यक्ष बुढालाई कामदारले ज्याला नपाएको विषयमा बुझ्न खोज्दा सम्पर्कमा आएनन् ।

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्