Kathmandu Press

मनाङमा ११ मंसिरदेखि सुरु भएको आगलागी अझै अनियन्त्रित 

मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जंगल, सुकेका पातपतिङ्गर र निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।  
मनाङमा ११ मंसिरदेखि सुरु भएको आगलागी अझै अनियन्त्रित 

मनाङ– मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जंगल, सुकेका पातपतिङ्गर र निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।  

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर प¥यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीसहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ । प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ ।     

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए  । ‘हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ,’ उनले भने, ‘अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुन सक्छ ।’     

अर्का स्थानीय तथा यस क्षेत्रका सिएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताए । 

 

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्