संसद् विघटन असंवैधानिक, निर्वाचन घोषणा संवैधानिक : निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले संसद् विघटन असंवैधानिक र निर्वाचन घोषणा संवैधानिक भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांग्रेसमा कुनै विवाद छैन,’ उनले भने, ‘निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांग्रेसलाई शिरोधार्य हुनेछ ।’
उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने भन्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाए ।
प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











