Kathmandu Press

‘हेल्मेट शिक्षक’लाई कारबाही गर्ने उपकुलपति सिंहको प्रतिबद्धता    

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने  ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित...
‘हेल्मेट शिक्षक’लाई कारबाही गर्ने उपकुलपति सिंहको प्रतिबद्धता    

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने  ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, ‘आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृत्तिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ ।’     

विश्वविद्यालयको १०औँ सिनेटले यहाँ अध्यापनरत शिक्षकलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ । यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि उनले सो घटनामा संलग्न विद्यार्थी र नियोजित ढंगले विद्यार्थी उक्साउने शिक्षकलाई चिनिसकिएको हुँदा उनीहरुलाई सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्ने कसूरमा सार्वजनिक मुद्दा लगाउने बताए ।

‘यहाँ केही क्याम्पस प्रमुखले नै कुनामा बसेर हुलदङ्गा गर्न विद्यार्थी उक्साएका छन्,’ उनले भने, ‘नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोडिन्छ ।’

मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर ७६ करोड बेरुजु लगाउने मान्छेहरुले नै यसलाई अस्तव्यस्त बनाएको उनको आरोप छ ।     
     
 

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्