Kathmandu Press

संसद् विघटनविरुद्ध प्रज्ञा डबलीमा 'नागरिक सभा' हुँदै

संसद् विघटनविरुद्ध प्रज्ञा डबलीमा 'नागरिक सभा' हुँदै

काठमाडौं, पुस २८ : प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रज्ञा प्रतिष्ठानको डबलीमा नागरिक सभा आयोजना हुन लागेको छ।

नागरिक आन्दोलनको अगुवाइमा अहिले दिउसो २ बजे प्रज्ञा बडलीमा नागरिक सभा हुन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि त्यसको विरोधमा नागरिक आन्दोलन सुरु गरिएको हो।

प्रज्ञा डबलीमा आयोजना हुने नागरिक सभालाई नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभालाई नागरिक समाजका अगुवा कृष्ण पहाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका व्यक्तिहरुले सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। यसको विरोधमा नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंगठन आन्दोलनमा छन्।

यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ। भोलि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

 

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्