Kathmandu Press

‘सत्ता बाँडीचुँडी खान बानी परेकाहरू निर्वाचनमा जान डराए’ 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले  सत्ता बाँडीचुँडी खान बानी परेकाहरू जनमत परीक्षणका लागि निर्वाचनमा जान नचाहेको दाबी गरेका छन् ।
‘सत्ता बाँडीचुँडी खान बानी परेकाहरू निर्वाचनमा जान डराए’ 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले  सत्ता बाँडीचुँडी खान बानी परेकाहरू जनमत परीक्षणका लागि निर्वाचनमा जान नचाहेको दाबी गरेका छन् । ढकालले मन्त्रालयमा आयोजित निजामती कर्मचारी संगठनका प्रतिनिधिसँगको छलफलमा सत्ता बाँडीचुँडी खान बानी परेका केही राजनीतिक दल आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन डराएको दाबी गरेका हुन् ।

उनले भने, ‘राजनीतिभित्रको एउटा कित्ता जनभावनाको परीक्षण नगरी सत्ता बाँडीचुँडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको छ ।’

मन्त्री ढकालले निर्वाचनका विषयमा शंका नगर्नसमेत आग्रह गर्दै  भने, ‘निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईंहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।’     

मन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यतिबेला निर्वाचनलाई मुख्य केन्द्रमा राखेर काम गरिरहेको जानकारी दिए । उनले भने, ‘आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको छ । 

प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्