आज नेकपा प्रचण्ड–माधव समूहको तीन प्रदेशमा प्रदर्शनसहित भेला
काठमाडौं, पुस २८ : नेकपा प्रचण्ड–माधव समूहले आज तीन वटा प्रदेशमा प्रदर्शनसहित बृहत कार्यकर्ता भेला आयोजना गर्न लागेको छ।प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी दोस्रो चरण...
काठमाडौं, पुस २८ : नेकपा प्रचण्ड–माधव समूहले आज तीन वटा प्रदेशमा प्रदर्शनसहित बृहत कार्यकर्ता भेला आयोजना गर्न लागेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी दोस्रो चरण आन्दोलन चलाइरहेको नेकपाले आज तीन प्रदेशमा कार्यकर्ता भेला गर्न लागेको हो। मंगलबार प्रदेश २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला आयोजना गर्न लागेको नेकपाले जनाएको छ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसअघि सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो। भोलि बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला हुने जनाएको छ।
प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











