Kathmandu Press

एनसेलको करसम्बन्धी मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, पुस २८ : टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको मुद्दामा आज सुनुवाइ हुने भएको छ।स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले...
एनसेलको करसम्बन्धी मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, पुस २८ : टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको मुद्दामा आज सुनुवाइ ताेकिएकाे छ।

स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो। एनसेलको मुद्दा आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ।

२०७२ चैत २९ गते एनसेलको स्वामित्व (८० प्रतिशित) टेलिया सोनेराबाट आजियटामा सरेको थियो। स्वामित्व परिवर्तन हुँदा लाग्ने करस्वरूप ठूला करदाता कार्यालयले २०७७ पुस १० गते प्रारम्भिक कर निर्धारण गरेको थियो। यसको विरोधमा एनसेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ।

आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाइ तोकिएको थियो। सोमबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा समय अभावले हेर्न नभ्याइनेमा परेको थियो।

त्यहि रिटमा आज पुनः सुनुवाइ तोकिएको छ। आज भने प्रधानन्यायाधीश जबराकै इजलासमा सुनुवाइ हुने भएको छ।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्