भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु
झापा, पुस २८ : झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, झापाका...
झापा, पुस २८ : झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा आगलागी भएको छ। आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार गएराति शिविरमा आगलागी भएको हो। आगलागीमा परेर शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो। उनी पक्षघातका बिरामी थिए।
बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले बताए।
आगलागीबाट छाप्रासँगै एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा नष्ट भएको छ। करिब आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











