भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो

काठमाडौं, पुस २८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप १६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १२ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ७९ हजार ८७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख १० हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:२५ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












