Kathmandu Press

जसपाका नेता महतोलाई जनकपुरमा कालो झण्डा

जसपाका नेता महतोलाई जनकपुरमा कालो झण्डा

काठमाडौं, पुस २७ : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ। 

संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुुने युवाको समूहले उनकै निर्वाचन क्षेत्र जनकपुरधामकाे भानु चोकमा कालो झण्डा देखाएका हुन्।

युवाहरुले उनीविरुद्ध राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारावाजीसमेत गरेका थिए।

उनले चुनावभन्दा अघि शहीदको परिवारलाई ५० लाख रुपैयाँ प्रदान गरिने बताएको र उक्त कुरा पुरा नगरेको कारण कालो झण्डा देखाइएको युवाहरुले जनाएका छन्।

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्