Kathmandu Press

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौं, पुस २७ : पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन्। पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा...
पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौं, पुस २७ : पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन्। पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन्।

सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आवद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन्। नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेका थिए।

ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए। नेपाली खेलाडी अलग अलग समूहमा ड्राफ्टमा पर्नुरेका थिए। लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए। गत वर्षको पिएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए। अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन्।

प्रकाशित मिति: १५:२१ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्