Kathmandu Press

कोभिड–विरुद्धको खोप छिट्टै ल्याउँछौं : स्वास्थ्यमन्त्री

मन्त्री त्रिपाठीले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा खोप प्राप्तिका लागि रुस, भारत र इंग्ल्यान्डसँग कुराकानी भएकाले छिट्टै नै खोप ल्याउने बताएका हुन् ।
कोभिड–विरुद्धको खोप छिट्टै ल्याउँछौं : स्वास्थ्यमन्त्री

काठमाडौं–   स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि प्रक्रिया बढेकाले  छिमेकी मुलुकमा झैँ छिट्टै नै खोप ल्याउने बताएका छन् । मन्त्री त्रिपाठीले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा खोप प्राप्तिका लागि रुस, भारत र इंग्ल्यान्डसँग कुराकानी भएकाले छिट्टै नै खोप ल्याउने बताएका हुन् ।

उनले सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले भने, ‘सरकारले स्वास्थ्यसम्बन्धी तीनओटा प्राथमिकता निर्धारण गरेको छ । पहिलो प्राथमिकतामा खोप प्राप्ति र खोप लगाउनेसम्मका कार्यक्रम रहेका छन् ।  खोपको सन्दर्भमा नीतिगत, कानुनीलगायतका अन्य समस्याको समाधान गरिसकेका छौँ ।’ 

उनले खोप खरिद प्रक्रियाका लागि निजी क्षेत्रलाई समेत समेट्ने आश्वासन दिए ।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्