Kathmandu Press

भारतमा आगामी शनिबारदेखि सर्वसाधारणलाई कोरोना खोप दिइने  

 भारतले यही शनिबारदेखि आमसर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।  भारत सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी  गरेको हो ।
भारतमा आगामी शनिबारदेखि सर्वसाधारणलाई कोरोना खोप दिइने  
Hardik ivf

नयाँदिल्ली–  भारतले यही शनिबारदेखि आमसर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।  भारत सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी  गरेको हो ।

खोपका लागि ७०० जिल्लामा करिब १ लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।     
     
अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् ।   राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए । 
     
भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ ।     
     
सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।  
     
 

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्