Kathmandu Press

भारतमा कोरोना  संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म १ करोड ४ लाख ६६ हजारभन्दा बढी पुगेको छ ।
भारतमा कोरोना  संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो
Hardik ivf

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म १ करोड ४ लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ३११ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ४ लाख ६६ हजार ५९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार बिहान जनाएको छ ।     

मन्त्रालयको पछिल्लो विवरणमा १ करोड ९२ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा २ लाख २२ हजार ५२६ सक्रिय सङ्क्रमित रहेका छन् ।     

भारतको  राजधानी दिल्लीमा आइतबार ३९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।       

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्