Kathmandu Press

अस्ट्रेलियासँगकाे तेस्रो टेस्टमा बिहारी र आश्विनले भारतलाई हारबाट जोगाए

भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । ४०७ रनको विशाल  लक्ष्य पछ्याएको भारतलाई अन्तिम दिन जितका लागि ३०९ रन चाहिएको थियो भने अस्ट्रेलियालाई ८ विकेट । तेस्रो टेस्टको अन्तिम दिन भारतले ५ विकेट गुमाउँदै ३१२ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
अस्ट्रेलियासँगकाे तेस्रो टेस्टमा बिहारी र आश्विनले भारतलाई हारबाट जोगाए

भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । ४०७ रनको विशाल  लक्ष्य पछ्याएको भारतलाई अन्तिम दिन जितका लागि ३०९ रन चाहिएको थियो भने अस्ट्रेलियालाई ८ विकेट । तेस्रो टेस्टको अन्तिम दिन भारतले ५ विकेट गुमाउँदै ३१२ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

चौथो विकेटका लागि चेतेश्वर पुजारा र ऋषव पन्तले १४८ रनको कीर्तिमानी साझेदारी गर्दै विशाल लक्ष्य पछ्याएको भारतलाई जितको आशा जगाएका थिए । यो साझेदारी भारतले चौथो पारीमा चौथो विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो । 

नाथन लियोनको बलमा प्याट कमिन्सबाट क्याच आउट हुनुअभि पन्तले सर्वाधिक ९७ रन बनाए । उनले ११८ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, पुजारले जोश हेजलउडको बलमा बोल्ड हुनुअघि २०५ बल खेल्दै ७७ रन बनाए । 

१० ओभरको अन्तरमा पन्त र पुजारा आउट भएपछि भारत दबाबमा आएको थियो भने अस्ट्रेलिया जित तर्फ अग्रसर भएको थियो । त्यसपछि क्रिजमा आएका हनुमान बिहारी र रविचन्द्रन आविश्वनले सुझबुझपूर्ण ब्याटिङ गर्दै भारतलाई हारबाट जोगाए । अन्तिमसम्म क्रिजमा रहेका यी दुईले छैठौं विकेटका लागि महत्वपूर्ण ६४ रनको साझेदारी गरेका थिए । आविश्वनले १२८ बलमा ३९ रन बनाए भने बिहारीले १६१ बलमा २३ रन बनाए । 

भारतका लागि दोस्रो इनिङमा रोहित शर्माले पनि अर्धशतकीय योगदान दिएका थिए । ५२ रन बनाएका उनले शुभमन गिलसँग पहिलो विकेटका लागि ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । गिलले ३१ रन बनाए । अस्ट्रेलियाका लागि नाथन लियोन र हेजलउडले समान २ विकेट लिए ।

यसअघि पहिलो इनिङमा अस्ट्रेलियाले स्टिभ स्मिथको शतक मद्दतमा ३३८ रन बनाएको थियो । भारतले भने पुजारा र गिलको अर्धशतक मद्दतमा २४४ रन मात्र बनाउन सकेको थियो । स्टिभ स्मिथ, मार्नस लाबुसेन र क्यामरुन ग्रीनले अर्धशक बनाएपछि अस्ट्रेलियाले दोस्रो इनिङ ३१२÷६मा डिक्लियर गरेको थियो । 

यो बराबरीसँगै ४ खेलको टेस्ट सिरिज १–१को बरारबीमा आएको छ । पहिलो टेस्ट अस्ट्रेलियाले ८ विकेटले जितेको थियो भने दोस्रो टेस्ट भारतले पनि ८ विकेटले नै जितेको थियो । यी दुईबीचको चौथो तथा निर्णायक टेस्ट ब्रिस्बनमा १५ जनवरीबाट सुरु हुनेछ ।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्