उपकुलपति सिंहले दिए आन्दोलनरत विद्यार्थीलाई निश्काशन गर्ने धम्की
काठमाडौं, पुस २७ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विद्यार्थीलाई विश्विद्यालयबाट निश्काशन गर्ने धम्की दिएका छन्।आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले...
काठमाडौं, पुस २७ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विद्यार्थीलाई विश्विद्यालयबाट निश्काशन गर्ने धम्की दिएका छन्।
आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै निश्काशन गर्ने धम्की दिएका हुन्।
उनले भने, ‘केही विश्वविद्यालयकै क्याम्पस चिफ र प्रध्यापकहरुले कुनामा बसेर विद्यार्थीलाई उचालेर आन्दोलन गर्न लगाएका छन्, विद्यार्थीहरुको माग पूरा हुन सक्दैन्, उदण्ड विद्यार्थीलाई निस्कासन गर्छौं।’
विश्वविद्यालयमा सम्बन्धनविनै हाइड्रो इन्जिनियरिङ पढाइ भइरहेको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्। यस सम्बन्धमा उपकुलपति सिंहले हाइड्रो इन्जिनियरिङ विषय अध्यापन विश्वविद्यालयका लागि अभिशाप भएको बताएका छन्।
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











