Kathmandu Press

खुला दौड प्रतियोगिताको उपाधि राम्जी र पवित्रालाई    

पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले जितेका छन् । प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् ।
खुला दौड प्रतियोगिताको उपाधि राम्जी र पवित्रालाई    

गोरखा– पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले जितेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै प्रथम उपाधि जितेका हुन् । 

प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले निर्धारित दूरी २५ मिनेट २५ सेकेन्डमा पूरा गर्दै दोस्रो भए । प्रतियोगितामा पूर्णबहादुर गुरुङले निर्धारित दूरी २५ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारे  ।

तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङचौताराबाट सुरु भएको दौड प्रतियोगिता सतीपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् । उनले निर्धारित दूरी ३२ मिनेट आठ सेकेन्डमा पूरा गर्दै प्रथम उपाधि जितिन् ।  महिलातर्फको खुला दौड प्रतियोगितमा नेपाली सेनाकी सिर्जना पौडेलले निर्धारित दूरी ३२ मिनेट १९ सेकेन्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हात पारे ।

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्