ओली समूहको केन्द्रीय कमिटीमा १५ सय १ सदस्य
काठमाडौं, पुस २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले तीन सदस्य थप गरेको छ। तीन...
काठमाडौं, पुस २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले तीन सदस्य थप गरेको छ।
तीन जना थपिएसँगै ओली समूहको केन्द्रीय कमिटीमा १५ सय १ जना सदस्य भएका छन्।
पुस ७ गते सुरु भएको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार ९९ पुर्याउने निर्णय गरेको थियो। ९ गते सकिएको बैठकले यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ।
२०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी बनेको थियो।
४ सय ४१ मध्ये प्रचण्ड नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना रहेका छन्।
प्रकाशित मिति: १२:०६ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











