Kathmandu Press

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, विद्यार्थीले जलाए उपकुलपतिको पुत्ला

वीरेन्द्रनगर, पुस २७ : मध्यपश्चिमाञ्चाल विश्वविद्यालयमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ। विद्यार्थीले विश्वविद्यालय परिसरभित्रै उपकुलपतिको पुत्ला जलाएका छन्।कोरोना भाइरस महामारीको अवधिको शुल्क...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, विद्यार्थीले जलाए उपकुलपतिको पुत्ला

वीरेन्द्रनगर, पुस २७ : मध्यपश्चिमाञ्चाल विश्वविद्यालयमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ। विद्यार्थीले विश्वविद्यालय परिसरभित्रै उपकुलपतिको पुत्ला जलाएका छन्।

कोरोना भाइरस महामारीको अवधिको शुल्क मिनाहको माग गर्दै आइतबार विद्यार्थीहरु उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका थिए। ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।

उपकुलपतिको निर्देशनमा प्रहरीले आक्रमण भएको जनाउँदै विद्यार्थी आज विहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले विद्यालय परिसरभित्रै उपकुलपतिको पुत्ला जलाएका छन्।

आइतबार उपकुलपति सिंहले ज्ञापनपत्र बुझ्न मानेको थिएन्। ज्ञापनपत्र नबुझेपछि विद्यार्थी धर्मामा बसेका थिए। त्यहि क्रममा विद्यार्थीलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास र हवाइ फायर समेत गरेको थियो।

झडपका क्रममा केही विद्यार्थी घाइते भएका थिए। त्यसैको विरोधमा आज बिहानैदेखि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्।

प्रकाशित मिति: १०:५२ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्