Kathmandu Press

राष्ट्रिय टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन

काठमाडौं, पुस २७ : राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको गएराति निधन भएको छ।उनको गएराति दैलेखमा निधन भएको हो। शाहीको ‘मल्टिपल अर्गन फेलर’का...
राष्ट्रिय टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन

काठमाडौं, पुस २७ : राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको गएराति निधन भएको छ।

उनको गएराति दैलेखमा निधन भएको हो। शाहीको ‘मल्टिपल अर्गन फेलर’का कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।

उनको आज दैलेखमै अन्तिम संस्कार गरिने भएको छ। शाही एकसाताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए।

राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट गोलकिपरमध्ये एक शाहीले सन् १९८० को दशकमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। उनले नेपाली फुटबलमा प्रशासक र व्यवस्थापक भएर पनि काम गरेका थिए।

उनी एन्फाका महासचिव समेत रहेका थिए।  सन् १९९५ देखि २००२ सम्म एन्फाका महासचिव थिए।

नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा उनी राष्ट्रिय टोलीका सदस्य थिए। उनले सन् १९८२ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्