कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक सिल
हुम्ला, पुस २७ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ।बैंकमा कार्यरत पाँच कर्मचारीलाई...
हुम्ला, पुस २७ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ।
बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ। त्यसपछि बैंक सिल गरिएको हो।
बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जनाएको छ। एक महिला र एक पुरुष कर्मचारीमा कोरोना देखिएके हो।
पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार हुम्लामा हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी गरिएको छ। सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।
जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले बताए।











