Kathmandu Press

युभेन्टसको शानदार जित, रोनाल्डोले गरे किर्तिमानी गोल

काठमाडौं, पुस २७ : इटालियन सिरी ए फुटबलमा युभेन्टसले सास्सुओलोमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३ १ गोल अन्तरले...
युभेन्टसको शानदार जित, रोनाल्डोले गरे किर्तिमानी गोल

काठमाडौं, पुस २७ : इटालियन सिरी ए फुटबलमा युभेन्टसले सास्सुओलोमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३ १ गोल अन्तरले हराएको हो । 

युभेन्टसको जितमा डानिलो,एरोन रामसी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै सास्सुओलोका लागि ग्रेगोइरे डेफ्रेलले एक गोल फर्काएका थिए।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सीधै रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भयो । यस खेलमा गोल गरेसँगै रोनाल्डोले यस सिजनमा सिरी ए आफ्नो १५ गोल पुरा गरेका छन्। 

जितसँगै चौथो स्थानमा पुगेको युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ । यस्तै गएराति नै भएका अन्य खेलमा रोमा र इन्टरमिलान २–२ गोलको बराबारीमा रोकिएका छन् । इन्टर मिलानको १७ खेलबाट ३७ तथा रोमाको ३४ अंक छ ।

प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्