कोरोना कहर : २४ घण्टामा ८ हजार ८३३ जना संक्रमितले ज्यान गुमाए
काठमाडौं, पुस २७ : विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ८३३ जना संक्रमितले ज्यान गुमाएका छन्। सोमबार बिहानको तथ्यांक अनुसार...
काठमाडौं, पुस २७ : विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ८३३ जना संक्रमितले ज्यान गुमाएका छन्। सोमबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४५ पुगेको हो ।
यो सँगै हालसम्म विश्वभर ९ करोड ६ लाख ७५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वल्डोमिटर्सले जनाएको छ । कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९६ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन्।
बाँकी दुई करोड ३९ लाख ३६ हजार ७२५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ।
त्यहाँ तीन लाख ८३ हजार २७५ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ७९२ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: ०७:३२ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












