पृथ्वी जयन्तीमा तनहुँको शुक्लागण्डकी सार्वजनिक बिदा
काठमाडौं, पुस २७ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण...
काठमाडौं, पुस २७ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति: ०७:१८ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












