Kathmandu Press

म्याराथनमा पुष्पा भण्डारीलाई स्वर्ण 

म्याराथनमा पुष्पा भण्डारीलाई स्वर्ण 

ब‌गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छन् । ढाकामा आज भएको दक्षिण एसियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

त्यस्तै भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेन्डमा पूरा गरेकी थिइन् । सो प्रतियोगितामा भारतकै गिगमत डोल्मा तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन् । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् ।

भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध छिन् ।

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, पुस २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्