फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने व्यवस्था ल्याउन खोजिएकाले प्रतिनिधिसभा विघटन गर्नुपर्यो : प्रधानमन्त्री
उनले आज दिउँसो १ बजेपछि बसेको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै नेकपामा केही गुटले सरकारलाई काम गर्न नदिएको र फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने व्यवस्था ल्याउन खोजेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गुटगत किचलोका कारण फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने व्यवस्था ल्याउन खोजिएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । उनले आज दिउँसो १ बजेपछि बसेको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै नेकपामा केही गुटले सरकारलाई काम गर्न नदिएको र फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने व्यवस्था ल्याउन खोजेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।
उनले भने, ‘केही व्यक्तिका व्यक्तिगत स्वार्थका कारण सरकारको काम कारबाहीमा बाधा गरियो । बहुमतलाई टुक्राउन खोजियो । फेरि ६ ६ महिना प्रधानमन्त्री फेरिने व्यवस्था ल्याउन खोजियो । संसद्लाई प्रभावकारी ढंगले काम गर्न दिइएन । संविधान र व्यवस्था बेठिक हो भन्ने निष्कर्ष निकाल्न खोज्ने प्रयास गरियो । जनता सरकार परिवर्तन भएको चाहँदैननन् ।’
पार्टीलाई कमजोर पार्न २८० वटा गुटगत बैठक बसेको उनले दाबी गरे । उनले भने, ‘गुटगत भेलाले देशलाई अस्थिरतातर्फ लान खोज्यो । त्यस्तो किन गर्नुपर्यो ?’
रानीपोखरी पुनर्निर्माण सकेर उद्घाटन भएको जानकारी दिए । उनले भने, ‘यस अवधिमा विभिन्न ऐतिहासिक, सांस्कृतिक सम्पदा र धरोहरको निर्माण भयो । काम भएन भन्ने होइन । धरहरा पुनर्निर्माण, काठमाडौंका बाटाहरु सम्पन्न हुने क्रममा छन् ।’ उनले तराईमा ढलको व्यवस्था गरिएको जानकारी दिए । उनले सडक, सिँचाइ, विद्युत्लगायत क्षेत्रमा सरकारले काम गरिरहेको बताए ।











