Kathmandu Press

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं, पुस २६ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन नेपालीको जयन गएको छ।यहि साता बेलायतमा दुई र मलेसियामा एक जना नेपालीको मृत्यु...
कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं, पुस २६ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन नेपालीको ज्यान गएको छ।

यहि साता बेलायतमा दुई र मलेसियामा एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या तीन सय १७ पुगेको छ।

अहिलेसम्म ५० देशमा रहेका ५३ हजार आठ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये ५१ हजार एक सय १६ जना निको भएको संघले जनाएको छ।

पछिल्लो समय मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, युएईमा रहेका नेपालीमा कोरोना देखिएको छ।

 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्